Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

लिखित स्पष्टीकरण दिने माधव–झलनाथ पक्षको निष्कर्ष

लिखित स्पष्टीकरण दिने माधव–झलनाथ पक्षको निष्कर्ष

काठमाडौँ- नेकपा एमालेका माधव–झलनाथ पक्षले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएको छ । 

सोमबार ललितपुरमा बसेको सो समूहको स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलले स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्ष निकालेको हो । 

गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

जसअनुसार वरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । 

प्रतिक्रिया