Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

जेठभित्र नेविसंघको निर्वाचन गर्न त्रिवि पदाधिकारी सहमत

जेठभित्र नेविसंघको निर्वाचन गर्न त्रिवि पदाधिकारी सहमत

काठमाडांँ-  यथाशीघ्र स्ववियु निर्वाचन गर्नुपर्नेलगायत माग राखेर ४८ दिनदेखि रिले अनशनमा बसिरहेका नेविसंघका विद्यार्थीले अनशन तोडेका छन् । 

सोमबार त्रिवि पदाधिकारी र अनशनकारीबीच आगामी जेठभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने सहमति भएको छ । त्रिविले स्ववियु निर्वाचनबारे छलफलकाका लागि चैत २५ गते सर्वपक्षीय बैठक राख्ने भएको छ ।  

विद्यार्थी र पदाधिकारीबीच भएको ६ बुँदे सहमति पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्। 
 
सहमति भएसँगै रिले अनशनमा बसिरहेका विद्यार्थीको अनशन तोडाउन त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा स्वयं उपस्थित भएका थिए। 

प्रतिक्रिया