Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

व्यवस्थाको रक्षा गर्नु काँग्रेसको प्रमुख चुनौती: पौडेल

व्यवस्थाको रक्षा गर्नु काँग्रेसको प्रमुख चुनौती: पौडेल

 काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा काँग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनु भएको छ ।

तनहँुको सदरमुकाम कुश्मा बजारमा आज आयोजित एक कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु काँग्रेसको मुख्य दायित्व भएको बताउनुभयो ।

पौडेलले काँग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूहरुले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट पार्नुभएको छ ।
यसैबिच, काँग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले अरू कसैको नेतृत्वमा सरकारमा नजाने बताउनु भएको छ ।

आज धनगढीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘काँग्रेस स्पष्ट छ । कसैको नेतृत्वमा सरकारमा जाँदैन । आमनिर्वाचन नै हाम्रो प्राथमिकतामा रहेको छ ।’

लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत गर्न जरुरी रहेको र यो सरकारबाट हुन नसक्ने बुझेर नै नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ भन्ने निष्कर्ष निकालेको हो महतको भनाई छ ।

प्रतिक्रिया