Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

एमालेको सुदूरपश्चिम इञ्चार्ज भट्टलाई बनाउने तयारी

एमालेको सुदूरपश्चिम इञ्चार्ज भट्टलाई बनाउने तयारी

काठमाडौँ – नेकपा एमालेको सुदुरपश्चिम इञ्चार्जमा नयाँ विवाद उत्पन्न भएको छ । माओवादीबाट सुदुरपश्चिम इञ्चार्ज उद्योगमन्त्री लेखरजा भट्ट रहेका थिए भने एमालेबाट भीम रावल सुदुरपश्चिम इञ्चार्ज छन् । भट्ट पनि एमालेमा आएसँगै उक्त प्रदेशमा इञ्चार्जबारे नयाँ विवाद देखा परेको छ ।


बुधबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा एमालेको साइबोर्ड राख्ने क्रममा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच झडप भएको छ । ओली पक्षका कार्यकर्ताहरुले पार्टी कार्यालयमा लेखराजको नेमप्लेट राखेका थिए । नेपाल पक्षका कार्यकर्ताहरूले रावलको नेमप्लेट राखेपछि   झडप भएको हो । संसद विघनपछि केपी शर्मा ओलीका विश्वास पात्र बनेका भट्ट सुदुरपश्चिम इञ्चार्ज बन्ने चर्चा सुरू भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि प्रचण्डले धनगढी पुगेर भीम रावललाई ‘सुदूरपश्चिमको नेता तपाईँ नै हो’ भनेका थिए । । त्यसयता भट्ट प्रचण्डसँग टाढिँदै आएका थिए । भट्ट प्रचण्डलाई छोडेर अहिले एमालेतर्फ लागिसकेका छन् ।

प्रधानमन्त्री ओलीले संगठन विस्तारका क्रममा नेकपा सुदूरपश्चिम इन्चार्ज भट्टलाई नै तोकेका थिए । भट्ट पार्टी ब्युँतिनुपूर्व नेकपाका सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिए ।

स्रोतका अनुसार प्रतिनिधिसभा विघटनकाविरुद्धमा खरो उत्रिएका नेता रावललाई हटाएर प्रधानमन्त्री ओलीले भट्टलाई इञ्चार्जको जिम्मेवारी दिने तयारी गरेका छन् । पछिल्लो समय भट्ट ओली निकट मानिन्छन् । संसद विघटन असंवैधानिक कदम भन्दै रावलले प्रधानमन्त्रीको चर्को विरोध गरेका थिए । त्यतिमात्र होइन सुदुरपश्चिम गएका प्रधानमन्त्रीलाई  रावलले विभिन्न आरोपसमेत लगाएका थिए ।

‘भीम रावलका पछिल्ला गतिविधिले प्रधानमन्त्री रुष्ट हुनुहुन्छ । त्यसैले उहाँले लेखराजलाई ईञ्चार्ज बनाउने सम्भावना बढेको छ’, ओली निकट एक नेताले भने ।-kathmandupati

प्रतिक्रिया