Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

बालुवाटारमा ओली समूहको आन्तरिक छलफल जारी

बालुवाटारमा ओली समूहको आन्तरिक छलफल जारी

काठमाडौं । केपी शर्मा ओली समूहबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रचण्ड–माधव  पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा ओली समूहले  आन्तरिक छलफल गरिरहेको हो । छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु रहेको बालुवाटार निकट स्रोतले जानकारी दियो ।


सर्वोच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरी  साविक नेकपा एमाले र माओवादीलाई अस्तित्वमा फर्काइदिएको छ । साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु को कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया