जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्छ: विप्लव
काठमाडौं । नेपाल कम्युनष्टि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्ने बताएका छन् ।
कपिलवस्तुको शिवगढीमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । ‘अब जनतालाई अवसर चुन्ने अवसर दिनुपर्छ,’ महासचिव विप्लवले भनेका छन्, ‘वैज्ञानिक समाजावद कि संसदीय प्रणाली भनेर जनतालाई रोज्ने मौका दिनुपर्छ ।’
विप्लव समूहले पहिल्यैदेखि ‘वैज्ञानिक समाजवादी कि संसदीय प्रणाली’ भन्नेबारे जनमत संग्रह हुनुपर्ने बताउँदै आएको छ । ‘हामीलाई अधिकार दिनुस्,’ विप्लवले भनेका छन्, ‘हामी जनतालाई भन्छौँ, बुझाउँछौँ ।’
यस्तै फरक प्रसङ्गमा विप्लवले महासचिव विप्लवले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक अस्तित्व सकिएको बताएका छन् । ‘प्रचण्ड कमरेडले हाम्रा एकजना नेतालाई बोलाएर २० वर्ष म केही हुन्नँ, मलाई कसैले हल्लाउन सक्दैन भनेछन्,’ कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भनेका छन्, ‘तर हामीले छाडेको २० महिनामै प्रचण्ड त धुलोपिठो भए ।’
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया