Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

दाहाल -नेपाल समूहले बोलायो सोमबार बिहान ११ बजे  स्थायी कमिटी बैठक

दाहाल -नेपाल समूहले बोलायो सोमबार बिहान ११ बजे  स्थायी कमिटी बैठक

काठमाडौँ - नेकपाको दाहाल–नेपाल समूहले सोमबार बिहान ११ बजेका लागि बैठक स्थायी कमिटीको बोलाएको छ । 

नेता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । 

सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएको छ । 

अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि श्रेष्ठले बताए ।

सो समूहका शीर्ष नेताले अदालतको फैसलालगत्तै कानुन व्यवसायीसँग पनि छलफल गरेका छन् । 

प्रतिक्रिया