सरकारमा सहभागिताबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ ।
यसअघि हिजो बसेको कांग्रेसको पदाधिकारी बैठकले पूनस्थापित प्रतिनिधि सभा बैठकलाई कसरी उपयोग गर्ने भन्ने बारे ठोस धारणा बनाउन सकेन ।
हिजो साँझ सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक नयाँ सरकार गठन र अविश्वासको प्रस्ताव बारेमा कुनै निर्णय नगरी टुंगिएको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा तयार गर्न सभापति देउवाले बैठक बोलाउनुभएको थियो ।
बैठकमा प्रतिनिधिसभा पुनस्थापना पछि आइतबारबाट सुरु हुन लागेको संसदको अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भुमिकाबारे विभिन्न कोणबाट छलफल भएको, तर निर्णयमा नपुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकले सरकार र चन्द नेतृत्वको विप्लव माओवादी बीच भएको समझदारीलाई सकारात्मक रुपमा लिएको बताईएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया