मन्त्रिपरिषदद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा
काठमाडौँ - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिलाई अनुमोदन गर्दै प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । यसअघि आजै सरकार र चन्द समूहबीच तीन बुँदे सहमति भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा सहमति भएको थियो ।
सरकार र विप्लव समूहबीच भएको सहमितको विस्तृत विवरण शुक्रबार विशेष कार्यक्रमबीच सार्वजनिक गरिँदै छ । साथै उक्त विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्दैछन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया