Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

देउवाकाे प्रस्ताव– ‘केन्द्रीय समितिकाे बैठक प्रत्यक्ष प्रसारण गराैँ’

देउवाकाे प्रस्ताव– ‘केन्द्रीय समितिकाे बैठक प्रत्यक्ष प्रसारण गराैँ’

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गर्नुभएको छ ।

एक वर्षपछि भोलि मङ्गलवारदेखि सुरु हुन लागेकाे केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव गर्नुभएको नेता सशांक कोइरालाले जानकारी दिनुभयो । बैठकका एजेन्डाबारे छलफल गर्न देउवाले आज साेमवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएकाे थियाे । पदाधिकारी बैठकमा बैठक कसरी प्रत्यक्ष प्रसारण गर्ने भन्ने विषयमा लामो छलफल चलेको कोइरालाले बताउनुभयो ।

बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया