Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

ओली त नक्कली एमाले हुन् सक्कली एमाले त हामी हौँः माधवकुमार नेपाल

ओली त नक्कली एमाले हुन् सक्कली एमाले त हामी हौँः माधवकुमार नेपाल

काठमाडौँ  - नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्कली एमाले भएको आरोप लगाएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित आफू पक्षीय कार्यकता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरू सक्कली एमाले भएको दाबी गरेका हुन् ।  

‘केपी ओली कम्युनिष्ट आन्दोलन सिध्याएर, ध्वस्त पारेर कमिसनखोरी र भ्रष्टाचारीको संरक्षण गर्ने नक्कली एमाले हुन्,’ नेता नेपालले भने, ‘ओली जे मन लाग्यो त्यही गरिरहेका छन् ।’ उनले ओलीले पार्टीको विधि र विधान कुल्चेको पनि आरोप लगाए । नेपालले कोरोनाले देश आक्रान्त भइरहेको बेला ओली कुर्सी कसरी टिकाउन सकिन्छ भन्नेमा केन्द्रीत भएको पनि बताए ।   

प्रतिक्रिया