Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

मन्त्रिपरिषद्को बैठक आज बस्दै, कोरोना रोकथामबारे थप निर्णय हुने

मन्त्रिपरिषद्को बैठक आज बस्दै, कोरोना रोकथामबारे थप निर्णय हुने

काठमाडौं - मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बस्ने बैठकमा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमण जोखिमबारे छलफल हुने बताइएको छ ।

आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण रोकथामका लागि गरेको सिफरिसबारे छलफल हुने बताइएको छ।

सीसीएमसीको आइतबारको बैठकले संक्रमण बढेकोस्थानमा निषेधाज्ञासम्बन्धी निर्णय लिने अधिकार स्थानीय प्रशासनलाई दिनुपर्ने प्रस्ताव गरेको थियो।

त्यस्तै, सीसीएमसीको बैठकले आवश्यकता अनुसार लकडाउन गर्नुपर्ने प्रस्तावसमेत गरेको छ।

यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

 

प्रतिक्रिया