Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सर्वोच्चमा माधव पक्षीय एमाले नेताहरुको रिटमाथि आज सुनुवाई  हुँदै

सर्वोच्चमा माधव पक्षीय एमाले नेताहरुको रिटमाथि आज सुनुवाई  हुँदै

काठमाडौं- नेकपा ९एमाले०बाट निलम्बनमा परेका चारजना नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रिटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाई हुने भएको हो ।

रिट निवेदकले आफूहरुमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनेका छन् ।

ती नेताहरुले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु–नगराउनु भन्ने परमादेश आयोगका नाममासमेत जारी हुनुपर्ने माग गरेका छन् ।

त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

 

प्रतिक्रिया