Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

केन्द्रीय समिति बैठकका एजेन्डामा सहमति जुटाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

केन्द्रीय समिति बैठकका एजेन्डामा सहमति जुटाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ ।
बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । साथै जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ ।

कांग्रेसले बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक भने भोलि दिउँसो २ बजे सानेपामा बस्दैछ ।

प्रतिक्रिया