Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

कांग्रेसले वैशाख १३ गतेलाई बोलायो  केन्द्रीय समिति बैठक

कांग्रेसले वैशाख १३ गतेलाई बोलायो  केन्द्रीय समिति बैठक

काठमाडौँ - नेपाली कांग्रेसले आगामी १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी १३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अबस्थासँगै कांग्रेसको आगामी महाविधेशनका विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसले बैशाख १५ गतेसम्म ४ वटा जिल्लाबाहेकका अन्य सबै जिल्लाले क्रियाशिल सदस्यता नविकरण र वितरणको काम सक्न निर्देशन दिएको छ । १५ गतेपछि सदस्यता नवीकरणको सफ्टवेयर नै नचल्ने बनाएको कांग्रेसले जनाएको छ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँ–नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ–नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ । 
त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ । 
 

प्रतिक्रिया