Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

प्रधानमन्त्री ओलीद्धारा  नवनिर्मित धरहराको उद्घाटन लाईभ

प्रधानमन्त्री ओलीद्धारा  नवनिर्मित धरहराको उद्घाटन लाईभ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्  । 

शनिवार आयोजित पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यसको उद्घाटन गरेका हुन् । 

वि।सं। २०७२ बैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो । 

पुनर्निर्मित धरहरा बाहिरबाट ११ तला देखिने तर भित्र २२ तलाको रहेको छ । 

मौलिकताको सम्बर्द्धन गर्दै आधुनिक रुप समेत यसमा दिइएको प्राधिकरणले जनाएको छ । 

धरहरामा विद्युतीय लिफ्ट र भर्‍याङको समेत व्यवस्था गरिएको छ । २२ औं तलामा महादेवको मुर्ति राखिएको छ । 

२०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री ओलीले ुमेरो धरहरा मै बनाउँछुु  अभियान घोषणा गरेका थिए । २०७५ पुस १२ गते  प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरेका थिए ।

 

प्रतिक्रिया