Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने तीन सांसद् पार्टीबाट निस्कासित

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने तीन सांसद् पार्टीबाट निस्कासित

काठमाडौं - नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ ।

शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निस्कासन गरेको हो ।

शाही सरकारलाई विश्वासको मत दिने अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने निर्णयमा एमाले पुगेको छ । प्रकाश ज्वाला केन्द्रीय सदस्य भएका कारण केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ । साथै, बैठकले यी तीनै जनाको सांसद पद खारेजीका लागि पनि केन्द्रलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया