Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

एमाले कर्णाली प्रदेश: ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारबाहीको सिफारिस

एमाले कर्णाली प्रदेश: ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारबाहीको सिफारिस

काठमाडौँ – फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमालेको कर्णाली प्रदेशले सिफारिस गरेको छ ।

सुर्खेतमा बसेको बैठकले फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाहीका लागि सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कणेलले जानकारी दिए ।

विधानअनुसार कारबाहीको सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय भएको इञ्चार्ज कणेलले बताए । उनले भने, ‘पार्टी विधानविपरित जाने चार जना सांसदलाई विधानअनुसार नै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका छौं ।’

उनले भने, ‘उहाँहरु एमाले नै रहनुभएन । एमाले नभएपछि त सदस्य रहने भन्ने कुरा भएन ।’

उनले विधानअनुसार प्रदेशले केन्द्रलाई सिफारिस गर्नसक्ने व्यवस्था रहेको र त्यहीअनुसार कारबाहीका लागि सिफारिस गरिएको हो ।

अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका माधव नेपाल पक्षका चार सांसदले आज विश्वासको मत दिएर पद जोगाइ दिएका थिए ।

प्रतिक्रिया