Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

गोसाईकुण्ड जाने केबलकार निर्माण छिट्टै हुन्छ :वनमन्त्री आले

गोसाईकुण्ड जाने केबलकार निर्माण छिट्टै हुन्छ :वनमन्त्री आले

काठमाडौँ - वनमन्त्री प्रेम बहादुर आलेले गोसाईकुण्ड जाने केबलकारको छिट्टै थालनी हुने बताउनु भएको छ ।

धुन्चेमा बुधबार आयोजित भलिबल तथा फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।nमन्त्री आलेले गोसाँईकुण्डमा निर्माण हुने केबलकारले आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि भई हुने उल्लेख गर्नुभयो ।

धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकारको दूरी ११ किलोमिटर रहनेछ । दुई वटा स्टेशन रहनुका साथै २८ वटा टावर राख्ने प्रस्ताव गरिएको छ । ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाइँकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ। केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया