Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी- सुदुरपश्चिम प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको छ। 

प्रदेश राजपत्रमा उल्लेख विदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो । 

प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णय अनसार सार्वजनिक बिदा दिइएको हो ।

रानाथारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।
 

प्रतिक्रिया