Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

कांग्रेसको निर्णयले अब देशको राजनीतिक परिस्थितिले कोल्टे फेर्छ: प्रचण्ड

कांग्रेसको निर्णयले अब देशको राजनीतिक परिस्थितिले कोल्टे फेर्छ: प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको हिजो बसेको केन्द्रीय कार्यसमितिको निर्णयपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताउनुभएको छ ।

कपिलवस्तुमा भएको कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग्ने र नयाँ सरकार गठनको पहल लिने निर्णय कांग्रेसले गरेसँगै देशको परिस्थितिले कोल्टे फेरेको बताउनुभयो ।

कांग्रेसको निर्णयसँगै नयाँ सरकार गठनका बैठकहरू घनिभूत रूपले अघि बढ्ने बताउनुभएको छ ।

नयाँ परिस्थितिको लागि आफू छिटो काठमाडौं फर्कनुपर्ने अवस्था रहेको बताउँदै उहाँले नयाँ सरकार बन्न लागेको सबै कार्यकर्तालाई सार्वजनिक रूपमै बधाई दिनुभएको छ ।
कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान गर्नुभएको छ ।

पहिला पनि केपी ओलीले आश्वासन मात्र दिइराखेकाले अहिले पनि आश्वासन मात्र दिने बताउँदै उहाँले आफूहरूसँग एक भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।
उहाँले कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गर्नुभएको थियो ।

यस्तै उहाँले संविधान पूर्ण नभएको बताउनुभएको छ । प्रचण्डले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताउनुभएको हो ।

आफू पनि संविधानमा पूर्ण समर्थन नभए पनि अहिलको संविधानमा धेरै महत्त्वपूर्ण विषय भएको उहाँको भनाइ छ ।

कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान समेत गर्नुभएको छ ।

प्रतिक्रिया