Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने वरिष्ठ नेता पौडेलको चेतावनी

ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने वरिष्ठ नेता पौडेलको चेतावनी

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिनु भएको छ ।

नेपाल शिक्षक संघको कार्यक्रममा बोल्ने क्रममा नेता पौडेलले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन हिजोको केन्द्रीय समिति बैठकले अठोट लिएको प्रस्ट्याउनु भएको छ ।

उहाले भन्नु भयो, ’छोड्नुहुन्न भने हामी हटाउँछौं । प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ ।’

ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उहाले बताउनु भयो । प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको उहाले आरोप लगाउनु भएको छ ।

प्रतिक्रिया