Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

ओलीले संसदलाई आफ्नो अनुकूल चलाएको देउवाको आरोप

ओलीले संसदलाई आफ्नो अनुकूल चलाएको देउवाको आरोप

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुकूल चलाउन खोजेको आरोप लगाएका छन् ।

नेपाल शिक्षक संघको शनिबार काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफू अनुकूल संसद बन्द गर्ने र खोल्ने गरेको आरोप लगाएका हुन् । 

पूर्वप्रधानमन्त्री देउवाले संसद अधिवेशन लगायतका विषयमा ओलीले गरेको निर्णयमा राष्ट्रपतिले पनि आँखा चिम्लेर सहिछाप गर्ने गरेकोमा आपत्ति जनाए ।

कांग्रेस वरिष्ट नेता रामचन्द्र पौडेलले पार्टीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने दाबी गरे पनि देउवा भने त्यस विषय मौन रहेका छन् । 

प्रतिक्रिया