Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझसम्म जारी बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

“सरकार चलाउने नैतिक र राजनीतिक आधार गुमाइसकेकाले प्रधानमन्त्रीबाट ओलीजीको राजीनामा माग्ने निर्णय गरेका छौं” नेता शर्माले हिमालखबरसँग भने, “हामी आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्छौ ।”

नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा०ले पटक पटक कांग्रेसलाई सरकारको नेतृत्व लिन आग्रह गरेको थियो । पछिल्लो पटक माओवादीले ४८ घण्टाभित्र निर्णय दिन आग्रह गरेलगत्तै कांग्रेसले यस्तो निर्णय लिएको हो ।

यसअघि कांग्रेस नेताहरूले माओवादीले समर्थन फिर्ता लिएपछि मात्रै निर्णय गर्ने बताउँदै आएका थिए । ६३ सिट भएको कांग्रेसलाई प्रतिनिधी सभामा बहुमतका लागि ५४ सिट भएको माओवादी र ३४ सिटको जसपाको समर्थन आवश्यक पर्दछ । 
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दद्दठघछ

प्रतिक्रिया