Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

गण्डकीका नौ जिल्लामा बनायो खनाल –नेपाल समूहले समानान्तर संरचना

गण्डकीका नौ जिल्लामा बनायो खनाल –नेपाल समूहले समानान्तर संरचना

काठमाडौँ- नेकपा एमालेको झलनाथ खनाल( माधव नेपाल समूहले गण्डकी प्रदेशका नौ जिल्लामा समानान्तर जिल्ला कमिटी सचिवालय घोषणा गरेको छ । 

बिहीबार बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पोखरामा भएको कार्यक्रममा संयोजक सुरेन्द्र पाण्डेले सातवटा जिल्लामा जिल्ला अध्यक्ष र सचिव चयन गर्दै जिल्ला सचिवालय घोषणा गरेका हुन् । 

२ जिल्ला लमजुङ र नवलपुरका अध्यक्ष र सचिव भने गोप्य राखिएको छ । त्यस्तै मनाङ​ र मुस्ताङमा कमिटी गठन बाँकी रहेको छ । 

पोखरामा भएको कार्यक्रममा नेता पाण्डेले कास्कीमा धनराज अचार्य अध्यक्ष र सचिवमा होमबहादुर नेपाली,स्याङ्जाको अध्यक्ष रामचन्द्र भट्टराई र सचिव भुपराज अधिकारी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव रहेको घोषणा गरेका हुन् ।

त्यसैगरी तनहुँमा शंकनारायण श्रेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव तथा गोरखामा यादव बस्नेत अध्यक्ष र सानुमैया बस्नेतलाई सचिव घोषणा गरेका हुन् ।

प्रतिक्रिया