Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ जेठ २०८१

ओलीले गरे भुसाल र पाण्डेलाई पनि निलम्बन (पत्रसहित)

ओलीले गरे भुसाल र पाण्डेलाई पनि निलम्बन (पत्रसहित)

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गर्नुभएको छ । आज एउटा पत्र सार्वजनिक गर्दै ओलीले निलम्बनको घोषणा गर्नुभएको हो । 

यसअघि ओलीले वरिष्ठ नेता माधव नेपाल र भीम रावललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय भुसाल र पाण्डेलाई पनि ६ महिना निलम्बन गर्नुभएको हो ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटि बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाउनुभएको थियो ।

नेता नेपाल र रावलले चैत १२ गते तथा नेता भुसाल र पाण्डेले चैत १७ गते स्पष्टीकरण पठाएका थिए । स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटि स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको भन्दै नेताहरुलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया