Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

पार्टी कार्यालयका लागि राम्रो भवन खोज्दैछौ: नेपाल

पार्टी कार्यालयका लागि राम्रो भवन खोज्दैछौ: नेपाल

 काठमाडौं -  नेकपा ९एमाले०का निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी कार्यालय खोजीमा लागेको जानकारी गराउनुभएको छ ।

आज युवा संघ नेपालको कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनको खोजीमा आफूहरू लागिरहेको बताउनुभयो ।

‘हामीले पनि भवनको खोजी गरेका छौँ । कहीँ–कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला’, उहाँले भन्नुभयो ,‘योभन्दा पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ ।’

उहाँले अब कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट सुरू गर्नुपर्ने अवस्था आएको भन्दैं यसका लागि सबैले मुठ्ठी दान गर्नुपर्ने बेला आएको बताउनुभयो ।

नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई विघटन हुन नदिने भन्दै चैत ४–५ गतेको राष्ट्रिय भेलाले पनि आफूलाई अगाडि बढ्न आदेश दिइसकेको जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया