Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

प्रेस युनियन कैलालीले गर्यो धनगढीमा भित्ते पात्रो विमोचन

प्रेस युनियन कैलालीले गर्यो धनगढीमा भित्ते पात्रो विमोचन

धनगढी- प्रेस युनियन कैलालीको आयोजनामा धनगढीमा भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावल, धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वड, नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले नयाँ वर्षको शुभकामना दिएका थिए ।

धनगढी उपमहानगरपालिका प्रमुख वडले हरेक क्षेत्रमा काँग्रेस आफनै कारणले कमजोर भएको बताए।प्रदेशमा अपराधिक क्रियाकलाप बढिरहेको भन्दै सुरक्षा निकायलाई गम्भीर बन्न आग्रह गरेका थिए। उनले अपराधिक क्रियाकलापमा संलग्नहरूलाई सरकारबाटै संरक्षण भइरहेको समेत आरोप लगाए ।

काँग्रेस संसदीय दलका नेता रावले कम्युनिष्टहरुका कारण देश धरापमा पारेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीकै दम्भका कारण देशमा यस्तो अवस्था सृजना भएको आरोप लगाए । वर्तमान सरकार असंवैधानिक हिसाबले अघि बढिरहेको समेत उनेको भनाइ थियो ।

काँग्रेस कैलालीका पाटी सभापति शाहले पत्रकार महासंघको निर्वाचनमा सबै मिलेर अघि बढ्न सुझाव दिएका थिए।

प्रतिक्रिया