Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

धनगढीमा नेपाल–रावल पक्षले गरे प्रधानमन्त्री ओलीको पुतला दहन

धनगढीमा नेपाल–रावल पक्षले गरे प्रधानमन्त्री ओलीको पुतला दहन

धनगढी- धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाइएको छ।

नेकपा एमालेमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निर्णय लिइरहेको भन्दै नेपाल–रावल पक्षका कार्यकर्ताले धनगढीको पार्कमोडमा उनको पुतला जलाएका हुन। 

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको भन्दै उनीहरु निकट कार्यकर्ताले पुतला जलाएको बताएका छन्। कार्यकर्ताहरुले ओलीको कारवाहीलाई अवैधानिक मानेको बताएका छन्। 

पुतला दहनपछि कार्यकर्ताहरुले केपी शर्मा ओली मुर्दावाद, भीम रावल जिन्दावादु लगायतका नारा समेत लगाएका थिए।

सोमबार पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै दुवै नेतालाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको थियो।  

प्रतिक्रिया