Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ जेठ २०८१

बैतडीको दोगडाकेदार-७ का  वडा अध्यक्ष महरा परे प्रहरीको अनुसन्धानमा

बैतडीको दोगडाकेदार-७ का  वडा अध्यक्ष महरा परे प्रहरीको अनुसन्धानमा

बैतडी-  जिल्लाको दोगडाकेदार गाउँपालिका-७ का वडा अध्यक्ष भरत महरामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ। अभद्र व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले सोमबार अदालतबाट म्याद थपेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दोगडाकेदार गाउँपालिका(६ की एक एकल महिलाको घरमा शंकास्पद रुपमा भेटिएको भन्दै गएको बिहीबार राती स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो। तिनै महिलासंग यही चैत ५ गते एक होटेलमा भेटिएको भन्दै वडा अध्यक्ष महरालाई प्रहरीले पक्राउ समेत गरेको थियो। त्यसको एकसाता नबित्दै उनै महिलासंग फेरी वडा अध्यक्ष भेटिएको भन्दै स्थानीयहरुलाई प्रहरीले खबर गरेका थिए। प्रहरीले गएको नै वडा अध्यक्ष महरा र ती महिलालाई नियन्त्रणमा लिएको भएपनि जाहेरी भने सोमबार दर्ता भएको हो।

प्रतिक्रिया