Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

समाज

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब चौरपाटी ( ५ लुङ्ग्राले रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित परिवारका लागि २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सरस्वति रावलको उपस्थितिमा मुजाबगर पुगेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको क्लबका कोषाध्यक्ष महेश बहादुर खड्काले जानकारी दिनुभयो । घट्नाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको कोषाध्यक्ष खड्काले बताउनुभयो । उहाँले विशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित युवा क्लबले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताउनुभयो।

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकी क्यान्सरपीडित एक किशोरीको उपचारको लागि यू.एस.आर्मि शाहिले १० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समाजिक कार्यमा सक्रिय भुपेन्द्र ब. बुढा र देबेन्द्र ब. बुढाले विभिन्न संघसंस्थ र व्यक्तीलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट उपचारका लागि सहयोगको अपिल गरेका थिए । अछाम ढकारी गाउँपालिका– ६ मोयकाँडा की १८ वर्षीया मनसरा बुढाका लागि सहयोगको अपिल गरिएको थियो । क्यान्सरपीडित मनसरा ढकारी ६ ढुंगाचाल्नास्थित अष्ट सिद्धि मा वि मा कक्षा ११ मा अध्यनरत छन् । उनी विगत एक वर्षदेखि बिरामी रहेको हुँदा गाउँघरमा अन्धविश्वासका कारण धामी झाँक्रीको पछि लाग्दा रोग जीर्ण हुँदै गएको थियो ।

नेपालमा तीव्र, विदेशमा मत्थर

नेपालमा तीव्र, विदेशमा मत्थर

असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए। सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने,‘लगभग नियन्त्रणमा आएको छ।’

नेपाली काँग्रेस रामारोशनको राहत कोषमा सहयोग रकम थपिदै

नेपाली काँग्रेस रामारोशनको राहत कोषमा सहयोग रकम थपिदै

नेपाली कांग्रेस चौरपाटी गाउँ पालिकाले  रामारोशन का बाढी पहिरो हरुको लागि ४९ हजार आठ सय ६० रुपैयाँ सहयोग गरेको छ । यहि भाद्र २ गेत रामारोशन गाउँ पालिकाको कैलाश खोलामा अाएको बाढीले रामारोशन गाउँ पालिकामा ठुलो जनधनको क्षेति भएको बेला त्यस क्षेत्र का जनतालाई थोरै भएपनि राहत होस् भन्ने उदेश्यले आफ्नो गाउँ पालिकाले उक्त रकम सहयोग गरेको नेपाली कांग्रेस अछाम क्षेत्र न १ का क्षेत्रीय सदस्य महेश खडकाले बताउनु भएको छ ।सहयोग रकम नेपाली कांग्रेस रामारोशनले सन्चालन गरेको राहत संकलन तथा उदार समितिको कोषमा जम्मा गरिएको खड्का ले बताउनु भएको छ ।