Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

सामाजिक काममा सक्रिय बन्दै पातलकोटका युवा

सामाजिक काममा सक्रिय बन्दै पातलकोटका युवा

भदौ १७ , अछाम

साँफेबगर नगरपालिका-१४ पातलकोटका युवाहरू सामाजिक कार्यमा सक्रिय भएका छन् । पातलकोटस्थित खड्काटोलरहेको नवदुर्गा मन्दिरको घेरा पर्खाल तथा चौतारी पुर्ननिर्माण कार्यमा उनीहरू सक्रिय रहेका छन् । गाउँका युवाहरुकै सक्रियतामा चरण अन्तरगत ढुंगा फुटाउने र चिन्ने काम सम्पन्न भएको छ ।

लकडाउनको बेलामा समयको सदुपयोग गरेर पारेर चेतनशिल युवा क्लबले सामाजिक कार्य सुरु गरेको हो । दोस्रो चरणको चौतारा प्लास्टर गर्ने कार्य को लागि अमित खड्काको संयोजकत्वमा आर्थिक संकलन टोलि पनि गठन गरिएको छ । जसमा रामबहादुर विक, धर्म खड्का ,एकिन्द्र विक र रनबहादुर खड्का आर्थिक संकलन अभियानको सदस्य रहेका छन । गाउँका सम्पुर्ण व्यक्ति र सरोकारवालाको सहयोगमा पहिलो चरणको काम सकिएको आर्थिक समिति संयोजक अमित खड्काले बताए ।

प्रतिक्रिया