मास्क लाउन आग्रह गर्दा प्रहरीमाथि हातपात
कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिकाको लवनीमा प्रहरीमाथि भएको हातपातको घटना सेलाउन नपाउँदै कपिलवस्तुको कृष्णगनरमा फेरि प्रहरीमाथि हातपात भएको छ । बिहीबार साँझ प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो । स्थानीय दुई दर्जन युवाले प्रहरीमाथि दुव्र्यवहार र हातपात गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
घटनामा गाडीचालक प्रहरी हवल्दार दीपक श्रेष्ठ सामान्य घाइते भएका छन् । उनलाई बहादुरगंज अस्पतालमा उपचार गराई बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय पठाइएको थियो । प्रहरी निरीक्षक पौडेलले मास्क नलाएका युवालाई आग्रह गर्दा उनीहरूले दुव्र्यवहार गरेको बताए । ‘घटना सामान्य हो तर यस्ता घटनाले प्रहरीको मनोबलमा असर पार्छ,’ उनले भने । घटनापछि दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया