Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

साँफे–मार्तडी सडक अवरुद्ध

साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा,२४ भदौ ।  बाजुरामा शनिबारदेखि आएको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो खसेपछि अवरुद्ध बनेको छ।

अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा शनिबार रातिदेखि पहिरो आउन थालेपछि राजमार्ग सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। राजमार्गको अम्कोटमा माथिबाट पहिरो बग्न थालेपछि अवरुद्ध राजमार्गको पहिरो पन्छ्याउन वर्षा नरोकिएका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

उनका अनुसार सडकमा आएको पहिरो हटाउन अम्कोटमा स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि पानी नरोकिएपछि हटाउन समस्या भएको छ। वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमित सुचारु गर्न प्रयास भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए। सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत ठप्प भएको छ।

प्रतिक्रिया