Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

मुख्य समाचार

मेयरको घर अगाडि वडाध्यक्षहरुले थुपारे फोहोर, कालोमोसो दल्ने चेतावनी

मेयरको घर अगाडि वडाध्यक्षहरुले थुपारे फोहोर, कालोमोसो दल्ने चेतावनी

दीपावली नजिकिए पनि नगरप्रमुख साहले उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै आइतबार बिहान केही वडाध्यक्षहरुले नै नगरप्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपार्दै उनलाई कालोमोसो दल्ने चेतावनी दिएका हुन् । नगरप्रमुख साहको घर अगाडि फोहोर थुपार्दै उपमहानगरमा अव्यवस्थित तरिकाले थुपारिएका फोहोर नउठ्दा नगर दुर्गन्धित भएको र यसतर्फ नगरप्रमुख साहले कुनै चासो नदेखाउँदा आफूहरु बाध्य भएर उनको घर अगाडि फोहोर थुपारेको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए । वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरे आफूहरु चाँडै उनलाई कालोमासो दल्ने चेतावनी दिए ।

सांग्रिला डेभलपमेन्ट बैंक १७ औ वार्षिकोत्सवको सुदुरपश्चिम शाखाका कार्यक्रमहरु सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक १७ औ वार्षिकोत्सवको सुदुरपश्चिम शाखाका कार्यक्रमहरु सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लि सुदुरपश्चिमले वार्षिकोत्सवको अवसरमा ७ दिने कार्यक्रमहरु गर्दै सम्पन्न गरेको छ । बार्षिकोत्सब को अवसरमा कात्तिक ८ गते महेन्द्रनगरमा सांग्रिला डेभलपमेन्ट बैंक र कंचन प्रयोगशालाको सहकार्यमा एक दिने प्रेसर चेक जांच र सुगर चेक कार्यक्रम, कात्तिक ९ गते सुदुरपश्चिमका सबै  शाखामा बित्तीय साक्षरता कार्यक्रम, १० गते धनगढी शाखालगायत ठाउँमा रक्त दान कार्यक्रम र कार्तिक १३ गते का दिन अत्तरिया को ओलानी वार्ड नम्बर १२ मा आँखा शिबिर कार्यक्रमा गर्दै सम्पन्न गरेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव

कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबारको बैठकले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ। कात्तिक ३० गते बाँकी रहेका पालिकामा अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन, मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका हुन्। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो।