धनगढीमा खैरो हिरोईन सहित ३ जना युवक पक्राउ
कैलालीमा लागुऔषध खैरो हिरोईन सहित तिन जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका १ स्थित बुद्धमार्गबाट उनीहरुलाई ४ ग्राम १०० मिलि ग्राम लागु औषध खैरो हिरोईन पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका ८ निवासी १९ वर्षिय आदर्श कुंवर, २४ वर्षिय बसन्त चौधरी र वडा नम्बर ६ बस्ने १८ वर्षिय हिमाल शाही रहेका छ्न । जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिई गएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूलाई शनिबार साझ साढे ५ बजे वुद्धमार्ग स्थित सडक खण्डमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
उनीहरु तिनै जनालाई पक्राउ गरी लागु औषध खैरो हिरोईन मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया