Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३० बैशाख २०८१

अझै खुलेनन् अछामका ग्रामीण सडक

अझै खुलेनन् अछामका ग्रामीण सडक

दशैंको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका अछाम जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन्। भत्किएका सडक हालसम्म पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन्।

दशैंअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन्। यही कात्तिक २ र ३ गतेको वर्षाका कारण अछामका दश वटै स्थानिय तहका ग्रामीण सडक वर्षाले भत्किएका छन्। ती सडक अझै पनि सञ्चालनमा आउन नसकेको स्थानिय यातायात व्यवसायीले बताए।

दसैँअघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ–गाउँ पुगेका थिए। सडक नखुलेका कारण ती सवारीसाधन बाटोमै थन्किएको रामारोशन गाउँपालिकाका स्थानिय यातायात व्यवसायी बताउँछन्। रामारोशन गाउँपालिकाको गज्जड, मुजाबगर, खालबजार, सैनिबजार सहितका क्षेत्रमा वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका नेपाली कांग्रेसका नेता पुष्प बिष्टले जानकारी दिए।

त्यसैगरी चौरपाटी गाउँपलिका का अधिकांश वडाहरुमा पनि सडक अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको नेपाली कांग्रेस चौरपाटी गाउँपालिकाका सभापती धर्म साउँदले हाम्रो बुलेटिनलाई बताए । 

प्रतिक्रिया