Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

अटेरी प्रदेस सरकार, न अनुदान दिन्छ, न स्वामित्व लिन्छ

अटेरी प्रदेस सरकार, न अनुदान दिन्छ, न स्वामित्व लिन्छ

सुदूरपश्चिम प्रदेसको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट  शुक्रबार अर्थमन्त्रि नरेश कुमार शाहिले प्रदेस सभामा सार्वजनिक गरे । अर्थमन्त्रि शाहिले बजेट पेश गर्दै गर्दा दुर दराजका लाखौं आम सर्वसाधारण हरु कुन शिर्षकमा कति बजेट विनियोजन भयो भन्दापनि विगत केहि बर्ष यता आर्थिक अभाव झेल्दै आईरहेको बयालपाटा अस्पताल लाई कति बजेट आउँछ भनेर सुन्न आँतुर थिए । तर बिडम्बना बजेटको पुर्णपाठमा अछामको बयालपाटा अस्पतालको नाम कहिँ कतै आएन । बरु बाजुरा र दार्चुलामा च्याँङ्ग्रा पालनका लागि करोडौं बजेट विनियोजित भयो । त्यस्तै मुख्य मन्त्रि कमल बहादुर शाहको क्षेत्रका दुई सरकारकै स्वामित्वमा रहेका अस्पतालमा करोडौं बजेट छुट्याईयो ।