Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

बझाङ जीप दुर्घटना : सुदूरपश्चिमका मन्त्री सिंहसहित तीन जनाको ज्यान गयो

बझाङ जीप दुर्घटना :  सुदूरपश्चिमका मन्त्री सिंहसहित तीन जनाको ज्यान गयो

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको ज्यान गएको छ । 

दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहको उपचारका क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिए ।

उहाँलाई बझाङबाट हेलिकप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।  दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंह सहित तीन जनाको ज्यान गएको छ । 

दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया