Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

विद्युतकाे समस्या समाधान गर्न धनगढी प्राधिकरणलाई नेविसंघको ज्ञापन पत्र

विद्युतकाे समस्या समाधान गर्न धनगढी प्राधिकरणलाई नेविसंघको ज्ञापन पत्र

विद्युतकाे समस्या समाधान गर्न धनगढी प्राधिकरणलाई नेपाल विद्यार्थी संघ कैलालीले ज्ञापनपत्र बुझाएको छ । संघले उक्त समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुखलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्युत प्राधिकरणले देशभरी लोडसेडिङ हटाईएको उद्घोष गरेको धेरै समय भैसकेको भएपनि अहिले धनगढीमा दैनिक रुपमा पटक-पटक विद्युत कटौती भईरहेकाले विद्यार्थी एवं जनमानसमा नकारात्मक असर परिरहेको नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिष कुँवरले बताए ।

धनगढीमा गर्मी बढे सँगै त्रिभुवन विश्वविद्यालय एवं सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न तहका परिक्षाहरु सञ्चालन भईरहेका र हुन गईरहेकाले विद्यार्थीहरुलाई पठनपाठनमा पनि असहज परिस्थितिको सिर्जना भएको र विद्यार्थीहरु आक्रान्त अवस्थामा रहेकाले यथाशीघ्र पटक-पटक विद्युत आउने जाने समस्यालाई समाधान गरि नियमित रुपमा विद्युत आपूर्ति गराईदिनहुन विद्धुत प्राधिकरण सँग आफूहरूले माग राखेको उनले बताए ।

प्रतिक्रिया