‘बेचिनबाट धेरै पटक जोगिएर फर्केँ ’
भारतबाट आएर मंगलसेनमा छोराछोरी संग बसिरहकी हिरा अधिकारी ।तस्बिर : मेनुका ढुंगाना

मेनुका ढुंगाना (अछाम)


दायाँ आखाँमा गहिरो चोट , शरिरमा टाढैबाट हेर्दा पनि हड्डी र  निकै दुब्लो देखिने , मलिन अनुहार , ठूलो स्वरले बोल्न नसक्ने , कान कम सुन्ने ४४ वर्षीया हिरा अधिकार मदिरा सेवन गर्ने श्रीमान्बाट पटकपटक कुटिएकी , गम्भिर घाइते भएकी र भारतमा धेरै पटक उनै श्रीमान्ले बेच्न खोज्दा ठक्कर खाएर अछाम पुगेकी महिला हुन् । जिल्ला प्रशासन कार्यालयकै छेउको सानो झुपडीमा दुइ साता यता  देखीने केटाकेटीको ठूलो जमात उनैका छोराछोरीको हो ।  श्रीमान्ले अलपत्र पारेपछि सात वर्षको अवधिमा भारतमै जन्मिएका पाँच जना छोराछोरीलाई  कोहलपुरमा पन्ध्र दिन क्वारेन्टाइनमा बसेर हिरा गतसाता मात्रै अछामकी पुगिन् । तर, असामान्य अवस्थामा । 

२२ वर्ष अघि उनको घोडासैनका कृष्ण अधिकारीसग बिवाह भएको थियो । गाउँमा घरजग्गा , धनसम्पत्ति भएको मान्छे देखेपछि हिराका आमाबुवाले कृष्णसग बिवाह गरिदिए । बिहे गरेको केहिसमयसम्म परिवारको अवस्था राम्रो थियो । गाउँमा कसैलाई अप्ठ्यारो पर्दा कृष्णको परिवारबाट सहयोग लिने पनि धेरै थिए । जब बिहेपछि कृष्ण घर छोडर कामको लागि भारत गए । उतै साथीभाइको लहैलहैमा लागेर मदिरा सेवन गर्न थाले । ‘गाउँमा हदासम्म कसैसंग चर्को स्वरले नबोल्ने मान्छे उता गएर जाडरक्सी खान थालेको छ भनेर एक्कासी खबर आयो’ हिराले भनिन् ,‘त्यसपछि कहिले चोरेको घटना , कहिले कुटपिटका घटना भए भन्दै घरमा खबर आइरहे । त्यसैबेला देखि मेरा दुःखका दिन सुरु भए ।’ कृष्ण घर आएपछि पनि रक्सी खान श्रीमतीलाई कुट्ने , आमालाई कुट्पिट गर्न थाले । त्यो देखेर गाउँले समेत अचम्म परेका थिए । ‘घोडासैनमा धनसम्पत्ति भएको धनाड्य परिवारका मान्छे थिए  । मदिरा खानाले अहिले कृष्णको परिवारको सडकको बास भयो’ घोडासैनका बासुदेव जैसीले भने ,‘ ७/८ वर्षको अवधिमा त्यत्रो सम्पत्ती घरजग्गा सबै बेचेर रक्सी खाएको देख्दा हामी पनि अचम्म परेका छौं । अहिले कृष्णको परिवारलाई गाउँमा ओत लाग्ने ठाउँ छैन ।’

गाउँमा भएको घरजग्गा ,धनसम्पति सबै बेचेर कृष्णले श्रीमती हिरालाई फकाएर सात वर्ष अघि भारत लिए । यता धनसम्पती बेचेर जबरजस्त श्रीमतीलाई भारतको गुजरातमा पर्ने राजकोटमा लिए । वर्षेनी सन्तान जन्माए । र , अन्तमा तिनै सन्तान र श्रीमतीलाई पनि बेच्न धेरै पटक प्रयास गरे । जानुअघि एक छोरालाई आमासंग र अर्कि छोरीलाई मंगलसेनमा काम गराउने र पढाउने सर्तमा एक परिवारले लिए । ‘मसंग बम्बै जानुपर्छ भनेर श्रीमान्ले जबरजस्ती गरे । बरु गाउँघरमा  अरुको काम गर्छु भनेर नजाने सोचमै थिएँ । बम्बै जान तयार भएर बस, नत्र मारिदिन्छु भनेर कुटपिट गर्न थाले । म बाध्य भएर श्रीमान संग गएँ' हिरा भन्छिन् ,‘उता पुगिसकेपछि वर्षेनी बच्चा जन्मन थाले । दुइ जना छोराछोरी यता अरुकै जिम्मा थिए , पाँच जना उतै जन्मिए । उता जाँदा पनि श्रीमान्ले कुटपिट गर्न छोडेन । म हरेक दिन मरेर बाँचे । बिरानो ठाउँबाट म अछाम फर्किन सकिन ।’ वर्षेनी छोराछोरी जन्माउने र तिनलाई बेच्नको लागि धेरै प्रयास गरेको उनले सुनाइन् । ‘छोराछोरीलाई बेचि दिए हुन्छ । पैसा आउँछ भन्दै ममाथि आक्रमण गर्न थाले । नौकरी पनि पाइएकै हो । जाँड खाने , चोरी गर्ने गरेपछि सेटले श्रीमान्लाई तिन दिनमै निकाल्थे । कतै बस्ने टुंगो थिएन ।’ उनले भनिन् । 

वर्षेनी बच्चा जन्माउन थालेपछि हिराको अवस्था दिनप्रतिदिन खस्कदै गयो ।‘मैले बच्चा जन्माउने/नजन्माउने कुरा मेरो हातमा कहिल्यै रहेन । उसले जतिखेर पनि रक्सी खाइराक्ने । उसलाई आफ्नो स्वास्र्थ मात्रै पुरा गर्नु थियो । मेरो श्रीमान्को नजरमा गल्लीमा हिंड्ने कुकुर र बच्चा उस्तै लाग्थे ’ हिराले भनिन् ,‘मेरो शरिरमाथि मेरो हक कहिल्यै लागेन । र आज म यो अवस्थामा पुगेँ।’

अछामबाट बम्बै लैजान्छु भनेर श्रीमतीलाई भारत लिएका कृष्णले राजकोट गुजिनाथमा शहरमा लिए । श्रीमानकै कुटपिटबाट उनले ३ वर्ष अघि दायाँ आँखा गुमाइन् । १ वर्ष देखि कान राम्रोसंग सुन्न सक्दिनन् । ‘केहि नेपालीलाई भारतको राजकोट गुजिनाथमा मैले भेटाएँ । उनीहरुले मलाई लुगा धुने , सरसफाई गर्ने काममा लगाइ दिए । पाँच जना छोराछोरी बोकेर मर्छु भनेर निस्कदै थिएँ , त्यसैबेला नेपालीहरु भटिए । उनैले गर्दा म बाचेकी हु“ । श्रीमान्ले त्यो ठाउ“ पनि पत्ता लगाएर फेरी उतै पुगेर कोसंग बस्छस् भन्दै कुटपिट गर्न सुरु गरे’ उनले भावुक हुँदै भनिन् ,‘बस्ने टुंगो नभएकाले छोराछोरीलाई पढाउन सकिएन । उनीहरुलाई कोठामा छोडेर म काममा जान्थे र एक दिन दुइ छोराछोरीलाई दिउँसो कोठामा आएर बेच्न लिएका रैछन् । वरपरका मान्छेले थाहा पाएपछि मैले छोराछोरीलाई बेचिनबाट रोकँ। कति दिन त तँलाई नै बेचिदिन्छु पैसा आउँछ भन्दै अपरिचत मान्छे कोठामा बोलाए ।’

श्रीमान्ले दिएका पिडैपिडा र चोटैचोटबाट थला परेकी हिराले भारतमा केहि नेपालीको सहयोग बाहेक अरुबाट आश्वासन समेत पाएकी छैनन् । ‘छोराछोरीलाई निशुल्क पढाउछन् भन्ने कुरा कोहलपुरमा सुनेकी थिएँ । कसले कहाँ पढाइ दिन्छन् केहि थाहा छैन । स्कुल पढाउन मात्रै सकेको भए म त मजदुरी गरेरै भए पनि  बा“च्थे ।’

कोरोनाको त्रासले सबै बन्द भएपछि नेपालीहरुको सहयोगमा उनी पाँच छोराछोरी बोकेर नेपाल आइपुगेकी हुन् । ‘नेपालको भुमिमा पुगेपछि ठूलो कालबाट  बचेको महसुस भयो । म र मेरा छोराछोरी धेरै पटक बेचिनबाट जोगिएका हौं ’ उनले भनिन् ,‘ म जाने बेलासम्म त घर थियो । अब त्यतै बस्छु भन्ने सोच बनाएकी थिएँ, बम्बै जाने अघिल्लो रात घर जग्गा सबै श्रीमान्ले बेचिसकेका रहेछन् । यता आएपछि मात्रै थाहा भयो । अब यी छोराछोरी लगेर म कहाँ जाउँ । बस्ने घर पनि छैन । जग्गा जमिन छैन । छोराछोरी भोकभोकै छन् ।’  ३ छोरा ४ छोरी गरी सातै जनाको विचल्ली भएको उनी सुनाउछिन् । ‘जेठो छोराले मामाघरबाट पढेर एसईई पास भयो  । ६ जना छोराछोरीलाई पढाउन सकेको छैनन् । मेरो पढाउन सक्ने अवस्था छैन । हामी पनि स्कुल जान्छौं भन्छन् । म कसरी स्कुल पठाउँ ।

उनी अहिले शसत्र जनयुद्धमा तत्कालिन विद्रोहि माओवादीले घरबाट निकालि दिएपछि मंगलसेन आएकी आमास“ग बस्छिन् । १८ वर्षअघि घरजग्गा धनसम्पती माओवादीले हडपेपछि चन्द्रा ज्यान बचाउन सदरमुकाम पसेकी थिइन् । सम्पत्ति जति सबै माओवादीले लिएपछि उनी अहिेसम्म घर फर्र्किएकी छैनन् । अहिलेसम्म उनी व्यवस्थित भएर बस्न सकेकी छैनन् । आफैं जसोतसो गुजारा चलाएर बसेकी चन्द्रालाई छोरी र उनका ७ जना छोराछोरीलाई पाल्न सकस भएको छ । ‘माओवादीले सबै सम्पत्ति लिए । घरबाट निकाले त्यसै बेला मंगलसेन आएकी हुँ । अरुकै काम गरेर मेरो गुजारा चलेको छ ’ उनकी आमा चन्द्रा भण्डारीले भनिन् ,‘छोरीले सबै केटाकेटी ल्याएर आएपछि बिहान साँझको छाक टार्न मुस्किल भएको छ ।’

 

(यो लेख नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल इन्जाको सहयोगमा तयार पारिएको हो ।)