Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

स्थानिय स्तरमा इन्टरनेटको बढ्दो आवश्यकता र प्रयोग - दिनेश कुमार स्वाँर

स्थानिय स्तरमा इन्टरनेटको बढ्दो आवश्यकता र प्रयोग - दिनेश कुमार स्वाँर

दिनेश कुमार स्वाँर
         कोरोना भाइरस (कोभिड – १९) को महामारीसंगै अन्तराष्ट्रिय स्तरदेखि राष्ट्रिय हुदै स्थानिय स्तरसम्म इन्टरनेट प्रयोगकर्ताको दरमा उल्लेख्य मात्रामा वृद्धि हुदै गइरहेको छ । नेपालमा सन् १९९३ मा रोयल नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (रोनास्ट) र मर्कन्टाइल अफिस सिस्टम (एमओएस) गरी २ निजी कम्पनीको लगानीमा इन्टरनेट सेवा शुरुवात भएको थियो । विश्वव्यापी रुपमा फैलिएको विश्वको सवैभन्दा ठूलो संजालको रुपमा रहेको इन्टरनेट हरेक दिनको कार्यमा प्रयोग गर्न सकिन्छ । हाल नेपालमा ७०% भन्दा बढि इन्टरनेटका प्रयोगकर्ता रहेको नेपाल दुरसंचार प्रधिकरणको एमआइएस प्रतिवेदनमा उल्लेख गरीएको छ ।
               पछिल्ला २० वर्षमा इन्टरनेटको क्षेत्रमा दु्रत विकास भएको भए पनि नेपालमा अझै राम्रो र सस्तो इन्टरनेट सेवा नभएको प्रयोगकर्ताको गुनासो छ । सन् २०२० अप्रिल सम्मको स्थीति हेर्दा ३९ भन्दा बढि इन्टरनेटसेवा प्रदायक कम्पनीहरु भएपनि थोरै मात्रले नेपालका प्रमुख सहरहरुमा राम्रो सेवा दिन सकेका छन् । मुख्यतया ५ आइयसपी नेपाल टेलिकम, वर्ड लिङ्क, सुबिसु, भ्यानेट, वेबसफर ले नेपालको इन्टरनेट क्षेत्रमा आफ्नो पकड कायम गरेका छन् भने अन्य नेपालको सिमित क्षेत्रमा आफ्नो सेवा प्रदान गर्ने विस्तारको क्रममा रहेका छन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको कुरा गर्दा सवैभन्दा बढि सामाजिक सञ्जाल प्रयोगकर्ता, त्यसपछि क्रमस: अनलाइन गेम, अनलाइन पेमेन्ट, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र अन्य प्रयोगकर्ताको दर घट्दो क्रममा रहेको देखिन्छ ।
              अछाम जिल्लाको हकमा मुख्यतया नेपाल टेलिकम, वर्ड लिङ्क, एभरेष्ट नेटवर्क, सुबिसु गरी ४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई इन्टरनेट सेवा पु¥याइरहेका छन् । त्यसै गरी सिम कार्ड / मोवाइल नेटवर्क मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको एनसेल र नेपाल टेलिकम कम्पनी पनि बढि जसो प्रयोग कर्ताले रुचाएका आइएसपी हुन् । जसले नेपालका ७७ वटै जिल्लामा 4G सेवा विस्तार गरी सकेका छन् भने छन् 5G सेवाको लागि ५ वर्षे योजना तथा पूर्वाधारहरु तयार पारी राखेका छन् । जसले गर्दा अछाम जिल्लामा रहेका भौगोलिक हिसावले केहि ठाउ वाहेक अन्य ठाउमा 4G सेवावाट ग्राहकहरु लाभान्वित भई आवश्यक सुचना तथा जानकारीहरु नियमित रुपमा प्राप्त गरी रहेका छन् । अछाम जिल्लाको हकमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधाको लागी 4G LTE Network, NT Wifi, WiMax & EVDO Service उपलव्ध गराएको छ जसवारे बुझ्न र प्रयोग गर्न NTC का ग्राहकहरुले *1415# डायल गरी लाभान्वीत हुन सकिन्छ भने एनसेलले पनि विभिन्न किसिमका Mobile Voice & Data offers सार्वजनिक गरी इन्टरनेटको क्षेत्रमा आफ्नो पकड कायम गरेको देखिन्छ । यो सेवा लिन NCell का ग्राहकहरुले *17123# डायल गरी उपलव्ध सूचनाका आधारमा विविध सेवाहरु लिन सकिन्छ ।

                       हाल अछाममा इन्टरनेट सेवा प्रदायक संस्थासंग कति जनाले कुन प्रकारको इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् भन्ने तथ्याङ्क अद्यावधिक नभएता पनि यसको क्रम एकदमै बढ्दो रहेको छ । विगत देखि नया नया जानकारी मुलक विषयवस्तु खोज, अध्ययन, अनुसन्धान, मनोरञ्जन र विभिन्न प्रकारका सेवाहरु प्रदान गर्न उपयोग हुदै आएको यो अत्यावश्यक इन्टरनेट सेवा लकडाउनको समयमा यसैवाट अनलाइन कक्षा समेत सञ्चालन गरिने भएपछि शिक्षण सिकाइको क्षेत्रमा समेत यसको आवश्यकता र प्रयोग अपरिहार्य भएको छ । 

 

प्रतिक्रिया