Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै छ । मौलिक पर्वका रूपमा हरेक वर्ष भदौं १ गतेका दिन सुदूरपश्चिमका पहाडी समुदायले ओल्के पर्व मनाउने गर्दछन् । आल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

उपहार वा सगुनलाई ओल्को भन्ने गरिन्छ । यो पर्वका दिन विवाहित छोरी चेलीलाई माइतीघरमा आमन्त्रण गरेर मिठा मिठा खानाका परिकार बनाई खुवाउने गरिन्छ । त्यस्तै आफन्त र छरछिमेकहरूलाई कर्कलोका पात, केरा, दूध, दही जस्ता वस्तुहरू सम्मान स्वरूप वितरण गर्ने प्रचलन पनि छ । विवाह भएको पहिलो साउन मनाउन महिनाभर माइतीघर गई बसेकी नव विवाहित नारी ओल्के पर्व मनाएर घर फर्किने गर्दछन् । 

ओल्के पर्वकै दिन गाउँ गाउँमा सबैको पायक पर्ने स्थानमा रूख बिरुवाका हाँगाबिँगा काटेर एक ठाउँमा थुप्रो बनाई बूढी हाल्ने गरिन्छ । सोही थुप्रोमा दैनिक रूपमा गोठालाहरूले हाँगाबिँगा थप्दै जाने र असोज सङ्क्रान्तिका दिन साँझपख गाउँभरका सबै जना जम्मा भएर बूढी पोल्ने प्रचलन छ । भगवान् श्रीकृष्णलाई आफ्नो दूध पिलाएर मार्न खोज्ने राक्षसनी पूतनालाई उल्टै दूध चुसिचुसी भगवान् श्रीकृष्णले मारेको खुसीयालीमा बुढी पोल्ने प्रचलन रहेको प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तको भनाइ छ । पूतना राक्षसनीकै प्रतिकका रूपमा रुखका हाँगाबिँगाको थुप्रो बनाई बुढी हाल्ने र महिना दिन पछि बुढी पोल्ने गरिन्छ ।

प्रतिक्रिया