Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

धनगढीमा शारीरिक सुगठन प्रतियोगिता हुने

धनगढीमा शारीरिक सुगठन प्रतियोगिता हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन (बडी बिल्डिङ च्याम्पेयन) प्रतियोगिता हुने भएको छ ।

फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा यहि असोज १२ र १३ गते प्रतियोगिता आयोजना गरिने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यशनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथमलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगदसहित अन्य जिन्सी प्रदान गरि पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागी हुने प्रतियोगिले एक हजार दर्ता शूल्क बुझाउनु पर्ने क्लबका अध्यक्ष मोहन तामाङले बताए । ‘सहभागिताका लागि यहि भदौ १५ गतेदेखि असोज ५ गतेसम्म फाराम भर्नका लागि खुल्ला रहने छ’ उनले भने –‘यो खेल खुल्ला पुरुष शाररिक र शाररिक सुगठन खुल्ला गरि दुई बिद्यामा खेलाईने छ । खेलमा कुनै पनि उमेर समुहका व्यक्तिहरुले भाग लिने सक्नेछन् । प्रदेशस्तरिय प्रतियोगिता भएकाले सुदूरपश्चिमका सम्पूर्ण व्यक्तिहरुले भाग लिन पाउने छन् ।’
उनका अनुसार खेलको पहिलो दिन व्यक्तिहरुको तौल र उचाई मापन गरिने छ भने दोस्रो दिन सहभागिहरुको पूर्व निर्णय तथा अन्तिम निर्णय लिइने छ । 
उनले भने –‘यो खेलको बारेमा धेरै जना अनबिज्ञ रहेकोले यस खेलको बारेमा सबैलाई जानकारी दिन चाहन्छौं । प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया