Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

डडेल्धुराका चार शहीद परिवारलाई सम्मान

डडेल्धुराका चार शहीद परिवारलाई सम्मान

डडेल्धुरा । डडेल्धुराका ४ शहिद परिवारलाई सम्मानित गरिएको छ । जिल्लाको अजयमेरु गाउँपालिकाले पालिकामा रहेका ४ शहिद परिवारलाई सम्मान गरेको हो ।

पालिकाभित्र रहेका ४ शहिद परिवारलाई ३२ ईन्चको टिभी, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको पालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास) ले बताए । उनले विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा शहीद भएका व्यक्तिका परिवारलाई सम्मानित गरिएको बताए ।

उनले शहिदहरुकै बलिदानको योगदानले बनेको व्यवस्थाका कारण ३ तहको सरकार निर्माण भएकाले यस्ता परिवारहरुलाई सम्मानित गरिनुपर्ने बताए । शहीद परिवारका सदस्यलाई अन्य कार्यक्रमहरूमा पनि प्रोत्साहन गरिने उनले बताए ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार शहीदका परिवारलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा पनि उक्त सम्मान कार्यक्रम राखेको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन ।

प्रतिक्रिया