Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

कृष्णपुरका १५ विद्यालयलाई शैक्षिक सामाग्री वितरण

कृष्णपुरका १५ विद्यालयलाई शैक्षिक सामाग्री वितरण

 

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाभित्रका १५ विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरले वल्र्ड भिजन ईन्टरनेसनल नेपालको साँझेदारीमा नगरका १५ वटा विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको हो ।

संघले नगरमा सञ्चालन गर्दै आइरहेको समावेशी गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत नगरप्रमुख हेमराज ओझामार्फत विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरिएको संघका बाल संरक्षण अधिकृत गणेश भुलले जानकारी दिए । परियोजनाले सहकार्य गरिरहेका १५ विधालयमध्ये ५ वटा विद्यालयका बालविकास केन्द्रहरुलाई प्रतिकेन्द्र ६ का दरले ३० वटा सिकाई कुना -याकहरु र ५ वटा सुज -याकहरु, १५ वटै विद्यालयमा कक्षा १ र २ का लागि प्रतिविद्यालय २ वटा बुक -याकहरु गरि ३० वटा बुक -याकहरु र ७ वटा विद्यालयहरुलाई बाल सहज सिकाई शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए ।

उनका अनुसार उक्त सामग्रीहरु नगरप्रमुख ओझालाई हस्तान्तरण गरिएको हो । आधारभूत तहमा अध्ययनरत अति जोखिममा रहेका बालबालिकाहरुको समावेशी र गुणस्तरिय शिक्षामा समतामुलक पहुँचमा सुधार ल्याउने लक्ष्य लिएर परियोजना सञ्चालन गरिएको उनले बताए ।

परियोजना नगरका ५ वटा वडामा संचालन भइरहेको आयोजक संस्थाका कार्यक्रम संयोजक रामेश्वर जैरुले जानकारी दिए । उनले सो परियोजनामार्फत वितरण भएका शैक्षिक सामाग्रीले समावेशी शिक्षा र विधार्थीहरुको दिगो सिकाईमा टेवा पु-याउने विश्वास रहेको समेत बताए । उनका अनुसार ४ लाख ८० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया