बझाङमा दलितको घर भत्काउनेलाई कारवाहि होस भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन
काठमाडौं,१३ साउन । जातीय विभेदका घटना बढ्दै गएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ। बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा भएको घटना लगाएतका विभेद बढ्दै जाँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पीडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौं, जातीय विभेद बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए
प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङ किसानले श्रमबाट कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै विभेद गर्नेलाई तत्काल कारवाही गर्नुपर्ने बताए।
उनले पटक पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाए। उनले बिभेदका घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने चेतावनी दिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया