Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

बझाङमा बाहुन बस्ती नजिक बनाएको भन्दै दलितको घर भत्काइयो

बझाङमा बाहुन बस्ती नजिक बनाएको भन्दै दलितको घर भत्काइयो

बझाङ जिल्लाको बित्थडचीर गाउँपालिका–७ स्याल ढुङ्गामा एक दलितको घर गैर दलितहरूले भत्काइदिएका छन् ।

ब्राह्मण बस्ती नजिक घर बनाएको भन्दै ३ दर्जन बढी गैर दलितहरूले घर निर्माणाधीन घर भत्काइदिएका हुन् ।

बुधबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । स्थानीय पुट्के ओखेडाको घर कृष्ण जोशी, भवानी जोशी र कित्थे जोशीको नेतृत्वमा पुगेका ३०–४० जनाको टोलीले भत्काइदिएको पीडित पुट्केका छोरा करनले बताए ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिए पनि प्रहरीले खासै चासो नदिएको पीडित पक्षको गुनासो छ । अहिले पीडित परिवार न्यायका लागि सदरमुकाम चैनपुर पुगेको छ ।

केही व्यक्तिले सार्वजनिक जमिन भनेर भत्काएको बताएपनि उक्त जमिनको लालपुर्जा आफूसँग सुरक्षित रहेको पीडित पक्षको भनाई छ ।

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया