जन्म दिनको अवसरमा उप प्रमुखले गरिन मष्टा गुरूकुल विद्याश्रममा आर्थिक सहयोग
डोटी । डोटीको शिखर नगरपालिकाकी नगर उप प्रमुखले जन्म दिनको उपलक्ष्यमा मष्टा गुरूकुल विद्याश्रममा आर्थिक सहयोग गरिन् ।
शिखर नगरपालिका वडा नं ६ चुडीमा रहेको मष्टा गुरूकुल विद्याश्रममा आफ्नो जन्म दिनको अवसर पारेर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले रू ५ हजार ५ सय ५५ रूपयाँ आर्थिक सहयोग गरिएको थियोे ।
वैदिक सनातन हिन्दु धर्म रक्षार्थका लागि सञ्चालनमा भएको सो विद्याश्रममा अध्यनरत बटुकहरूको भोजनार्थ प्रयोजनमा सहज होस् भन्ने हेतुले जन्म दिनको उपलक्ष्यमा सहयोग गरिएको उप प्रमुख जोराले बताइन् ।
उनले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा विगत लामो समय देखि जिल्लामा भएका अक्षयकोष होस वा अस्पतालका बिरामीहरूलाई सहयोग गरेर जन्म दिन मनाउँदै आएकी छन् । मष्टा गुरूकुल विद्याश्रम समाजसेवी, स्वर्गीय दुर्गा फुलाराले स्थापना गरेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया