Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

प्रेस युनियन अछामद्वारा पत्रकारलाई सुरक्षा सामग्री वितरण

प्रेस युनियन अछामद्वारा पत्रकारलाई सुरक्षा सामग्री वितरण

अछाम ,साउन ६
नेपाल प्रेस युनियन अछामले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन पत्रकारहरुलाई अत्यावश्यक सुरक्षा सामाग्री उपलब्ध गराएको छ ।
लकडाउनको समयमासमेत समाचार संकलनमा चौतर्फी पुग्ने पत्रकारहरुका लागि मास्क, सेनिटाइजर, प्रेस जकेट लगायतका सामाग्री वितरण गरिएको युनियनका सचिव शुसिल भण्डारीले जानकारी दिनुभयो ।
युनियनका जिल्ला सचिव भण्डारीका अनुसार समाचार संकलनका क्रममा पत्रकार उच्च जोखिममा रहने गरेकोले त्यसबाट जोगिनका लागि जिल्लाका क्रियासिल पत्रकारलाई सुरक्षा सामाग्री वितरण गरिएको हो ।
नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिमार्फत प्राप्त सुरक्षा सामाग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 
नेपाल प्रेस युनियन अछाम शाखाका कार्यवाहक अध्यक्ष लोकराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वार रहनुभएको थियो  । कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस अछामका पुर्व पार्टी सभापति पुष्पबहादुर शाह,नेपाल प्रेस युनियन केन्द्रिय सदस्य रामबहादुर कुवँर रहनु भएको थियोे ।
 कार्यक्रममा नेपाल पत्रकार महासंघ अछाम शाखाका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैना,जनकराज भण्डारी ,वर्तमान अध्यक्ष खम्म खत्री ,नेपाल फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुवँरलगायतको उपस्तिथि रहेकोे थियोे । उपाध्यक्ष सरिता खडकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सुशील भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया